यशले लिए फिल्म ‘रामायण’मा रावण बन्नका लागि २ सय करोड पारिश्रमिक

यशले लिए फिल्म ‘रामायण’मा रावण बन्नका लागि २ सय करोड पारिश्रमिक : Icon Khabar

मुम्बई, जेठ २७ । निर्देशक नितेश तिवारीको निर्देशनमा बन्ने ‘रामायण’ बलिउडको चर्चित फिल्म बनेको छ । यो फिल्ममा रणवीर कपूर राम र साई पल्लवी सीताको भूमिकामा देखिँदैछन् । दुवैको लुक्स सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भइसकेको छ ।

फिल्ममा रावणको भूमिकामा साउथ स्टार यश देखिँदैछन् । फिल्मका लागि निर्माताले उल्लेख्य लगानी गरेका छन् । कलाकारले मागे जति नै पैसा दिइरहेका छन् ।

फिल्म ‘केजीएफ’ स्टार यशले फिल्म ‘रामायण’मा रावण बन्नका लागि निर्मातासँग २ सय करोड पारिश्रमिक लिएका छन् ।

यशको प्रवेशले ‘रामायण’लाई पेन इण्डिया लेवलमा प्रमोसन गर्न सजिलो हुने निर्माताको बुझाई छ । ‘रामायण’मा यशले २ सय करोड पारिश्रमिक लिएपछि उनी बलिउडका सबैभन्दा महंगो अभिनेता बनेका छन् । अभिनेता शाहरुख खानले फिल्म ‘पठान’का लागि १ सय २० करोड पारिश्रमिक लिइरहँदा यशले शाहरुखको रेकर्ड तोडेका छन् ।

फिल्ममा सनी देओल, लारा दत्त, रवि दुबेको पनि अभिनय रहनेछ । फिल्म दुई भागमा रिलिज हुनेछ । यो फिल्मका लागि पहिलो भागमा नै करिब ८ सय करोड खर्च हुने निर्माण पक्षको दाबी छ । फिल्म सन् २०२५ सम्म रिलिज हुनेछ । फिल्मको दोस्रो भाग २०२६ सम्म रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2024
Website | + posts






ताजा
सुनचाँदी व्यवसायीहरुद्वारा असार २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक
आइतबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो
अण्डाको बाकस बालेर लामखुट्टे भगाउने प्रयास गर्नुहुन्छ ? सावधान
अमेरिकामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुग्यो








ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न