यशले लिए फिल्म ‘रामायण’मा रावण बन्नका लागि २ सय करोड पारिश्रमिक

यशले लिए फिल्म ‘रामायण’मा रावण बन्नका लागि २ सय करोड पारिश्रमिक : Icon Khabar

मुम्बई, जेठ २७ । निर्देशक नितेश तिवारीको निर्देशनमा बन्ने ‘रामायण’ बलिउडको चर्चित फिल्म बनेको छ । यो फिल्ममा रणवीर कपूर राम र साई पल्लवी सीताको भूमिकामा देखिँदैछन् । दुवैको लुक्स सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भइसकेको छ ।

फिल्ममा रावणको भूमिकामा साउथ स्टार यश देखिँदैछन् । फिल्मका लागि निर्माताले उल्लेख्य लगानी गरेका छन् । कलाकारले मागे जति नै पैसा दिइरहेका छन् ।

फिल्म ‘केजीएफ’ स्टार यशले फिल्म ‘रामायण’मा रावण बन्नका लागि निर्मातासँग २ सय करोड पारिश्रमिक लिएका छन् ।

यशको प्रवेशले ‘रामायण’लाई पेन इण्डिया लेवलमा प्रमोसन गर्न सजिलो हुने निर्माताको बुझाई छ । ‘रामायण’मा यशले २ सय करोड पारिश्रमिक लिएपछि उनी बलिउडका सबैभन्दा महंगो अभिनेता बनेका छन् । अभिनेता शाहरुख खानले फिल्म ‘पठान’का लागि १ सय २० करोड पारिश्रमिक लिइरहँदा यशले शाहरुखको रेकर्ड तोडेका छन् ।

फिल्ममा सनी देओल, लारा दत्त, रवि दुबेको पनि अभिनय रहनेछ । फिल्म दुई भागमा रिलिज हुनेछ । यो फिल्मका लागि पहिलो भागमा नै करिब ८ सय करोड खर्च हुने निर्माण पक्षको दाबी छ । फिल्म सन् २०२५ सम्म रिलिज हुनेछ । फिल्मको दोस्रो भाग २०२६ सम्म रिलिज हुनेछ ।

Published Date: 09 June 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग