गर्मीमा सातुको सर्बत निकै लाभदायी

गर्मीमा सातुको सर्बत निकै लाभदायी : Icon Khabar

काठमाडौँ, जेठ २७ । सातुको सर्बत नेपालमा मात्र नभई भारतमा समेत लोकप्रिय छ । शीतलताका लागि पनि सातु निकै राम्रो खाद्यवस्तु मानिन्छ । गर्मीयाममा चनाको सातु, कागती र चिसो पानी घोलेर पिउँदा पनि पर्याप्त शीतलता मिल्छ । कुनै पनि सातुमा दूध या दही घोलेर खाँदा त्यसको स्वाद बढ्छ र थप पोषिलो पनि हुन्छ । दही र केरामा मिसाएर खाँदा पनि सातुको स्वाद बढ्छ ।

सर्बतका रूपमा उपभोग गर्न सातुमा नुन, पानी र कागती मिसाउँदा हुन्छ । गुलियो मन पराउनेले सक्खर, मिस्री, मह या ‘फ्रुट सिरप’ मिसाएर पिउँदा उत्तम हुन्छ । मकै, भटमास, गहुँ, चना, केराउ, जौँ, गहुँ भुटेर बनाइएको सातु उत्तम र सर्वप्रिय सर्वोतम सातु मानिन्छ ।

कडा शारीरिक व्यायाम गर्ने खेलाडी, सैनिक तथा कडा परिश्रम गर्नेका लागि सातुको सर्बत उत्तम पेय पदार्थ हुन्छ । सातुले तत्काल ऊर्जा सञ्चार गर्ने हुँदा बिहान जिम, व्यायाम र योग गर्नेहरूले पनि सातुको सर्बत पिउन सक्छन् । गाउँघरमा बिहानै मेलापात, घाँस दाउरा गर्नेले पनि सातु सर्बत पिउने गरेको हामी देख्छौँ ।

स्कुल र कलेज अध्ययन गर्ने विद्यार्थीले पनि नियमित रूपमा सातुको सर्बत पिउन सक्छन् । पानीको तुम्लेटमा सातु सर्बत घोलेर दिनभरि थोरै थोरै पिउँदा पनि उत्तम हुन्छ । बच्चामा सातुको सर्बत पिउन बानी पार्नका लागि काजु, बदाम, स्ट्रबरी सिरप मिसाएर सर्बत बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 June 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने