गर्मीमा सातुको सर्बत निकै लाभदायी

गर्मीमा सातुको सर्बत निकै लाभदायी : Icon Khabar

काठमाडौँ, जेठ २७ । सातुको सर्बत नेपालमा मात्र नभई भारतमा समेत लोकप्रिय छ । शीतलताका लागि पनि सातु निकै राम्रो खाद्यवस्तु मानिन्छ । गर्मीयाममा चनाको सातु, कागती र चिसो पानी घोलेर पिउँदा पनि पर्याप्त शीतलता मिल्छ । कुनै पनि सातुमा दूध या दही घोलेर खाँदा त्यसको स्वाद बढ्छ र थप पोषिलो पनि हुन्छ । दही र केरामा मिसाएर खाँदा पनि सातुको स्वाद बढ्छ ।

सर्बतका रूपमा उपभोग गर्न सातुमा नुन, पानी र कागती मिसाउँदा हुन्छ । गुलियो मन पराउनेले सक्खर, मिस्री, मह या ‘फ्रुट सिरप’ मिसाएर पिउँदा उत्तम हुन्छ । मकै, भटमास, गहुँ, चना, केराउ, जौँ, गहुँ भुटेर बनाइएको सातु उत्तम र सर्वप्रिय सर्वोतम सातु मानिन्छ ।

कडा शारीरिक व्यायाम गर्ने खेलाडी, सैनिक तथा कडा परिश्रम गर्नेका लागि सातुको सर्बत उत्तम पेय पदार्थ हुन्छ । सातुले तत्काल ऊर्जा सञ्चार गर्ने हुँदा बिहान जिम, व्यायाम र योग गर्नेहरूले पनि सातुको सर्बत पिउन सक्छन् । गाउँघरमा बिहानै मेलापात, घाँस दाउरा गर्नेले पनि सातु सर्बत पिउने गरेको हामी देख्छौँ ।

स्कुल र कलेज अध्ययन गर्ने विद्यार्थीले पनि नियमित रूपमा सातुको सर्बत पिउन सक्छन् । पानीको तुम्लेटमा सातु सर्बत घोलेर दिनभरि थोरै थोरै पिउँदा पनि उत्तम हुन्छ । बच्चामा सातुको सर्बत पिउन बानी पार्नका लागि काजु, बदाम, स्ट्रबरी सिरप मिसाएर सर्बत बनाउन सकिन्छ ।

Published Date: 09 June 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग