नेपाल महिला साफको समूह ‘बी’ मा

नेपाल महिला साफको समूह ‘बी’ मा : Icon Khabar

काठमाडौँ, जेठ २६ । आउँदो अक्टोबरमा नेपालमा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल समूह बी मा परेको छ छ । ढाकामा ड्र कार्यक्रमका बीच सम्पन्न समूह विभाजनमा नेपाल समूह बी मा परेको हो ।

नेपाल प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको समूहमा श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह ए मा पाँच पटकको विजेता भारत, साविक विजेता बंगलादेश र पाकिस्तान रहेका छन् ।

सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने तय भएको छ ।

२०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरुद्ध पराजित भएको थियो । सो खेल बंगलादेशले ३-१ ले जितेको थियो ।

भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ भने नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ ।

Published Date: 08 June 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय