नेपाल महिला साफको समूह ‘बी’ मा

नेपाल महिला साफको समूह ‘बी’ मा : Icon Khabar

काठमाडौँ, जेठ २६ । आउँदो अक्टोबरमा नेपालमा हुने साफ महिला च्याम्पियनसिप २०२४ मा नेपाल समूह बी मा परेको छ छ । ढाकामा ड्र कार्यक्रमका बीच सम्पन्न समूह विभाजनमा नेपाल समूह बी मा परेको हो ।

नेपाल प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको समूहमा श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । यस्तै समूह ए मा पाँच पटकको विजेता भारत, साविक विजेता बंगलादेश र पाकिस्तान रहेका छन् ।

सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने तय भएको छ ।

२०२२ मा भएको पछिल्लो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो । सो संस्करणमा नेपाल फाइनलमा बंगलादेश विरुद्ध पराजित भएको थियो । सो खेल बंगलादेशले ३-१ ले जितेको थियो ।

भारतले अहिलेसम्म पहिलो ५ संस्करण जितेको छ भने नेपाललाई चार पटक र बंगलादेशलाई एक पटक फाइनलमा हराएको छ ।

Published Date: 08 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर