राहुल गान्धी बने भारतको विपक्षी दलको नेता

राहुल गान्धी बने भारतको विपक्षी दलको नेता : Icon Khabar

नयाँदिल्ली, जेठ २६ । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसदमा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिंदैछन् । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो ।

गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस) लाई संसदीय संख्या लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशक अघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो । शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनको लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि खाली रहेको थियो ।

सबै सहभागीले सर्वसम्मतिले प्रस्ताव पारित गरी राहुल गान्धीले संसदमा विपक्षको नेताको पद लिनुपर्ने र केसी वेणुगोपालले पार्टी कार्यकारिणीको बैठक पछि पत्रकार सम्मेलनमा बताए । शनिबार पछि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनका दुई सय ३२ विधायकको बैठकमा नामाङ्कन पेस गरिनेछ । गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुनुहुन्छ भने स्वतन्त्रता नेता जवाहरलाल नेहरूबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति हुन् । रासस / एएफपी

Published Date: 08 June 2024
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय