डेनमार्ककी प्रधानमन्त्रीमाथि सडकमै कुटपिट

डेनमार्ककी प्रधानमन्त्रीमाथि सडकमै कुटपिट : Icon Khabar

काठमाडौँ, जेठ २६ । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि सडकमै आक्रमण भएको छ । उनको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ ।

आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएको समाचारमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयका अनुसार शहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका थिए ।

डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै घटनाको विवरण दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो ।’ आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर, आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Published Date: 08 June 2024


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु