लोकसभा निर्वाचनमा कंगना रनौतको शानदार जीत

लोकसभा निर्वाचनमा कंगना रनौतको शानदार जीत : Icon Khabar

नयाँ दिल्ली, जेठ २२ । अभिनेत्री कंगना रनौत अहिले आएर राजनीतिको समेत क्वीन बनेकी छिन् । लोकसभा २०२४ निर्वाचनमा भारतीय जनता पार्टीको उम्मेदवार कंगना रनौतले मंडी लोकसभा सीटबाट निर्वाचनमा विजयी भएकी छिन् । कंगनाले कांग्रेसका पूर्व मुख्यभन्त्री वीरभद्र सिंह तथा वर्तमान सांसदका छोरा विक्रमादित्य सिंहलाई पराजित गर्दै जीत हासिल गरेकी हुन् ।

जीतपछि उनले ट्वीटरबाट सबैलाई धन्यवाद दिँदै भनेकी छिन्– ‘सम्पूणी मंडीवासिहरुलाई यो जनाधार, यो माया र विश्वासका लागि मनैदेखि आभार । यो जीत तपाईंहरुको सबैको हो, यो जीत प्रधानमन्त्री मोदीको हो र भाजपाको विश्वासको हो, यो जीत सनातनको हो, यो जीत मंडीको सम्मानको हो ।’

लोकसभा निर्वाचनमा शानदार जीत हासिल गरेपछि कंगना रनौतले निकै खुशी छिन् । उनका लागि यो जीतले निकै महत्व राख्छ । एउटा सानो शहरबाट बाहिर आएर कंगनाले जुन सफलता हासिल गरेकी छिन्, त्यो वास्तवमै प्रशंसा योग्य छ । कंगना भारतका हरेक युवतीका लागि उदाहरण बनिसकेकी छिन् । कंगनाले के कुरा प्रमाणित गरेकी छिन् भने यदि सत्यता तथा लगनशिल भएर मेहनत गरियो भने सपना सत्यतामा परिणत हुन्छ नै ।

जीतपछि कंगनाका प्रशंसक तथा बलिउडकर्मीहरुले वधाइ दिइरहेका छन् । कंगनाका प्रशंसाले पनि उनको जीतमा खुशीयाली मनाइरहेका छन् । सामाजिक सञ्जालमा कंगनाको जीतको खुशीमा पोस्ट शेयर गर्दै खुशी बाँड्ने कार्य जारी छ ।

कंगना रनौतको अभिनय यात्रा पनि निकै रोचक छ । उनले मोडलिङबाट यात्रा थालनी गर्दै सन् २००६ मा ग्याङस्टर फिल्मबाट बलिउडमा कदम राखेकी थिइन् । आफ्नो १८ वर्षको फिल्मी करियरमा कंगनाले दजर्नौं फिल्ममा काम गरिसकेकी छिन्, जसमा फेसन, क्वीन, कृष ३, तनु वेड्स मनु जस्ता सफल फिल्ममा अभिनय गरिसकेकी छिन् ।

कंगनाले चार पटक भारतको नेशनल अवार्डसमेत जितिसकेकी छिन् । फिल्ममा आफ्नो शानदार योगदानका लागि कंगना भारतको पद्यश्री अवार्डबाट समेत सम्मानित भैसकेकी छिन् । यसबाहेक उनलाई पाँच पटक फिल्मफेयर अवार्ड जितेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने