काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौंमा हावाहुरीसहित वर्षा : Icon Khabar

काठमाडौँ, जेठ २२ । काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ।

अहिले मकवानपुर आसपास मध्यम वर्षा भइरहेको छ। त्यस्तै मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ। मकवानपुरको हात्तीसुँढेमा १२.२ मिलिमिटर वर्षा भएको छ। मकवानपुरकै रजैयामा १० मिलिमिटर वर्षा भएको छ।

बाराको कलैयामा ९.८ मिलिमिटर वर्षा भएको छ। बाराकै अमलेखगञ्जमा ९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 June 2024
Website | + posts