डोनाल्ड ट्रम्प विभिन्न ३४ वटा जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर

डोनाल्ड ट्रम्प विभिन्न ३४ वटा जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर : Icon Khabar

काठमाडौँ, जेठ १८ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विभिन्न ३४ वटा जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर भएका छन्।

बिहिबार न्यू योर्कको अदालतले ट्रम्पलाई पूर्वपोर्नस्टार सँगको सम्बन्ध लुकाउन उनलाई पैसा दिएको, राष्ट्रपति निर्वाचनको परिणाम प्रभावित पार्न खोजेको, संसद भवनमा आक्रमण गरेको लगायत विभिन्न ३४ जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर गरेको समाचार संस्था एशोसियटेड प्रेस (एपी) ले उल्लेख गरेको छ।

अमेरिकाको इतिहासमा ट्रम्प जघन्य आरोप लागेको र आरोप पुष्टि भएको पहिलो पूर्वराष्ट्रपति बनेका छन्। म्यानहटन ज्यूरीले दुई दिन गरी ९ घन्टाको बहस सुनेपछि ट्रम्पलाई दोषी ठहर गरिएको फैसला सुनाएको एपीले जनाएको छ।

दोषी ठहर गरिएपनि सजाय भने तोकिसकेको छैन। न्यायाधीश जुआन एम. मर्चनले जुलाई ११ मा ट्रम्पको सजाय तोकिने बताएका छन्। त्यो भनेको राष्ट्रपति चुनावको मनोनयन दर्ता गर्ने ठीक एक दिनअघि हो।

ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचनताका पूर्व पोर्नस्टार स्टोर्मी ड्यानियललाई आफूहरूबीचको सम्बन्ध लुकाउन १ लाख ३० हजार डलर पैसा दिएको आरोप थियो।

उनीमाथि राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट गोप्य कागजातहरू गायभ गरेको लगायत फौजदारी अपराधसँग सम्बन्धित थुप्रै मुद्दाहरूमा फैसला आउन बाँकी नै छ।

बिहीबारको फैसलालाई ट्रम्पले आफूमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिएका छन्। यसको जवाफ आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा अमेरिकी जनताले दिने समेत उनले बताएका छन्।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट आगामी चुनावमा राष्ट्रपतिका उम्मेदवार हुन्। उनी दोषी ठहर भएपनि चुनाव लड्न पाउँछन्। अमेरिकामा जेलभित्रै बसेर पनि चुनाव लड्न पाउने व्यवस्था छ।

Published Date: 31 May 2024


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी