म माथि लागेका आरोपबारे मैले संसदमा जवाफ दिन पाउनुपर्छ: गृहमन्त्री लामिछाने

म माथि लागेका आरोपबारे मैले संसदमा जवाफ दिन पाउनुपर्छ: गृहमन्त्री लामिछाने : Icon Khabar

काठमाडौं, वैशाख ३१ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपबारे संसदमा जवाफ दिन पाउनु पर्ने कुरा दोहोर्याएका छन् ।

त्यसपछि संसदीय छानबिन समिति गठन गर्ने अथवा नगर्ने विषयमा छलफल गर्न सकिने लामिछानेले तर्क छ ।

सहकारी अनियमितता प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

जेठ १ गते मंगलवार संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ। भोलिको संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पमकम दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफल चलाएका छन् ।

सोमवार सिंहदरबारमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको जवाफ दिन पाउनु पर्ने बताएका हुन् ।

Published Date: 13 May 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु