भक्तपुरका एमालेलाई अधिवेशनको चटारो

भक्तपुरका एमालेलाई अधिवेशनको चटारो : Icon Khabar

भक्तपुर, वैशाख ३० । नेकपा एमाले भक्तपुरलाई यतिबेला अधिवेशनको चटारो लागेको छ । जेठ ३ गते सुरु नवौं जिल्ला अधिवेशनकोलागि प्रतिनिधि चयन लगभग सकिएको एमालेले जानकारी दिएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिका संयोजक शिवराम तिमिल्सिनाका अनुसार भूगोलबाट आउने प्रतिनिधि सबैतिर चयन भएका छन् । जसअनुसार सूर्यविनायक नगर कमिटीबाट १ सय ३१ जना, मध्यपुरथिमिबाट ५१, भक्तपुर नगरबाट १६, चाँगुनारायण नगर कमिटीबाट ७० जना रहेका छन् । एमालेका विभिन्न जनसंगठनबाट ४६ जना, सल्लाकार कमिटीबाट २२ जना रहेका छन् ।

नवौं जिल्ला अधिवेशन आयोजक कमिटीबाट १ सय २५ जना प्रतिनिधि रहेका छन् । अहिलेसम्म ४ सय ६१ जना प्रतिनिधि छनोट भइसक्नु भएको छ, संयोजक तिमिल्सिनाले भने। पार्टीको विधिान अनुसार केही प्रतिनिधि मनोनित हुने उहाँले जानकारी दिए।

सल्लाघारी चुनदेविसंगै रहेको इम्पेरियल बैंक्वटमा जेठ ३ गते ११ बजे पार्टीका केन्द्रिय अध्यक्ष केपि शर्माले ओली अधिवेशनको उद्धघाटन गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए । अधिवेशन भव्य र सव्य बनाउनको लागि हामी विभिन्न समिति बनाएका काम गरिहेका छौं, अध्यक्ष देउजाले भने।

३ गते उद्धघाट सत्र सकिएपछि बन्दसत्र सुरु हुने एमालेले जानकारी दिएको छ । ४ गतेसम्म चल्ने अधिवेशनले एमाले भक्तपुरको नेतृत्व चयन समेत गर्नेछ।

Published Date: 12 May 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु