सेतो पुतलीबाट जोगिन आँखा चिकित्सकले आग्रह

सेतो पुतलीबाट जोगिन आँखा चिकित्सकले आग्रह : Icon Khabar

गोरखा, वैशाख ३० । गोरखामा दुई दिन यता सेतो पुतली देखिन थालेपछि यसबाट जोगिन आँखा चिकित्सकले आग्रह गरेका छन् । बिहीबारदेखि आँखा उपचार केन्द्रमा शापुका बिरामी आउन थालेका गोरखा आँखा उपचार केन्द्रका बालकृष्ण पोखरेलले बताए।

गोरखा दरबार क्षेत्रमा सेतो पुतली (शापु) को हुल देखिएको छ । मन्दिरमा आउने बालबालिकाहरू यसबाट प्रभावित हुने गरेका गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए।

मन्दिरमा जहाँतहीँ विषालु पुतली देखेर भक्तजनहरू डराउने गरेका छन् । ‘सेतो पुतलीको झुसले आँखाको ज्योति नै गुम्न सक्ने आँखा चिकित्सकहरूको भनाई रहँदै आएको छ । खतरनाक पुतली मन्दिरभरि देखेपछि सबै डराएको देखिन्छ ।

सेतो पुतलीको झुस आँखामा परेमा त्यसले सिजनल हाइपरएक्यूट प्यान युभिट्स (शापु) नामको आँखाको संक्रमण गराउँछ । यसले आँखाको ज्योतिसम्म गुमाइदिन सक्ने हुनाले बचेर पूजाआजा गर्न गोरखा दरबार हेरचाह अड्डाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?