सेतो पुतलीबाट जोगिन आँखा चिकित्सकले आग्रह

सेतो पुतलीबाट जोगिन आँखा चिकित्सकले आग्रह : Icon Khabar

गोरखा, वैशाख ३० । गोरखामा दुई दिन यता सेतो पुतली देखिन थालेपछि यसबाट जोगिन आँखा चिकित्सकले आग्रह गरेका छन् । बिहीबारदेखि आँखा उपचार केन्द्रमा शापुका बिरामी आउन थालेका गोरखा आँखा उपचार केन्द्रका बालकृष्ण पोखरेलले बताए।

गोरखा दरबार क्षेत्रमा सेतो पुतली (शापु) को हुल देखिएको छ । मन्दिरमा आउने बालबालिकाहरू यसबाट प्रभावित हुने गरेका गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए।

मन्दिरमा जहाँतहीँ विषालु पुतली देखेर भक्तजनहरू डराउने गरेका छन् । ‘सेतो पुतलीको झुसले आँखाको ज्योति नै गुम्न सक्ने आँखा चिकित्सकहरूको भनाई रहँदै आएको छ । खतरनाक पुतली मन्दिरभरि देखेपछि सबै डराएको देखिन्छ ।

सेतो पुतलीको झुस आँखामा परेमा त्यसले सिजनल हाइपरएक्यूट प्यान युभिट्स (शापु) नामको आँखाको संक्रमण गराउँछ । यसले आँखाको ज्योतिसम्म गुमाइदिन सक्ने हुनाले बचेर पूजाआजा गर्न गोरखा दरबार हेरचाह अड्डाले अनुरोध गरेको छ ।

Published Date: 12 May 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु