आज त: दिन, भक्तपुरमा दुगुपूजा अर्थात देवाली पूजा मनाइंदै

आज त: दिन, भक्तपुरमा दुगुपूजा अर्थात देवाली पूजा मनाइंदै : Icon Khabar
तस्बिर: आइ लभ माइ भक्तपुर

भक्तपुर, वैशाख ३० । भक्तपुरमा आज स्थानिय नेवार समुदायले दुगुपूजा मनाउँदैछन्। आज आइतबारको दिनलाई तःदिन अर्थात वर्षको ठूलो दिनको रुपमा भक्तपुरमा दुगुपूजा मनाइंदैछ।

दुगुपूजा भन्नाले कुलका सबै दाजुभाई एक ठाउँमा भेला भई गरिने पुजाअर्थात कुल पुजा हो। त्यसका लागि घरदेखी कुल देवतालाई आ आफ्नो कुल देवताको पीठमा लगी हाँस, बोका बली दिई प्रसाद ग्रहण गरेर पुनः कुल देवतालाई घर लैजाने प्रचलन रहेको छ ।

आ–आफ्नो कूल देवताको पूजालाई देवाली पूजा मानिएको छ । आफ्नो कुल संस्कृति र संस्कारको परम्परालाई जीवित राख्न र निरन्तरता दिन गरिने पूजालाई देवाली पूजाको रूपमा लिइएको छ ।

भक्तपुरवासीले मनाउने तिथि भनेको अक्षय तृतीया, तः दिन र सिथिनखः मा देखिन्छ । त्यस्तै बारको हिसाबले लिँदा आइतबार र बिहीबार दुगुपूजा गर्ने उत्तम बारको रूपमा मानिएको छ । त्यस्तै दिगु द्योःलाई मनपर्ने फूलको रूपमा मूः स्वां र धँचा स्वां मानिएको छ ।

दुगु द्यः लाई पूजा गर्ने (स्मरण गर्ने) विभिन्न संस्कारजन्य र सांस्कृतिक कार्य

दुगु द्यःलाई विभिन्न संस्कारजन्य र सांस्कृतिक कार्यमा पनि स्मरण गरी पूजाआजा गरेको हुन्छ । उदाहरणको रूपमा: ब्रतवन्ध, बेलविवाह, गुफा राख्दा र विवाहमा लिन सकिन्छ । बेल विवाह गरेको वर्ष छोरी/नातिनीहरूलाई बेल विवाह गर्दा लगाइएकै लुगा, गहना र सलापासहित दुगु द्यः लाई पूजा गर्न लगाई कुलमा भित्र्यइएको मानिन्छ ।

त्यस्तै विवाहमा पनि स्वयम्बर वा ह्वंकेगु बेलामा नयाँ बुहारीको हातबाट दुगु द्यःलाई सुपारी अर्पण गरेपछि मात्रै अन्य परिवारलाई सुपारी दिने (ग्वे साय्गु) चलन छ ।

देवाली पूजामा नयाँ बुहारीलाई स्वयम्बरको बेला अर्पणगरेको सुपारीसहित पानी छरी शुद्ध बनाई साँचो समात्न लगाई नकींले दिगू द्यः कहाँ भित्र्याई आफ्नो कुलमा प्रवेश गराएको मानिन्छ।

स्रोतः ख्वपको पहिचान (भाग–२)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 May 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू