उपाधि विजेता बास्केटबल टोली सम्मानित

उपाधि विजेता बास्केटबल टोली सम्मानित : Icon Khabar

काठमाडौं, वैशाख २७ । नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् ।

खेलाडी र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो । उनीहरुलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले एक कार्यक्रमबीच सम्मान गरे । प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको थियो ।

नेपालले फाइनलमा युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्दै इतिहास रचेको थियो । बास्केटबल संघका महासचिव नरेन्द्र थापाका अनुसार नेपाली बास्केटबलको इतिहासमै कुनैपनि टोलीले स्वर्ण जितेको यो पहिलो अवसर हो ।

प्रतियोगितामा नेपालसहित ७ राष्ट्र तथा चीनका ३२ गरी ३९ टोली सहभागी थिए । नेपालसहित चीनका ४ गरी ५ टिम समूह ‘एफ’ मा थिए । समूह चरणको सबै खेल जितेको नेपाल विजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको थियो ।

नेपालले प्रिक्वाटरफाइनलमा भियतनाम, क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन होङही र सेमिफाइनलमा थाइल्यान्डलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा नेपालका मनीष ‘मोस्ट भेलुएबल प्लेयर’ तथा सुशील उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2024
Website | + posts




ताजा
बुधबार पनि सुनको भाउ बढ्यो
भदौमा मात्रै उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले लागे रू ३२ अर्ब ७६ करोड
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी पासपोर्ट पहिलो पटक विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरियो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित