उपाधि विजेता बास्केटबल टोली सम्मानित

उपाधि विजेता बास्केटबल टोली सम्मानित : Icon Khabar

काठमाडौं, वैशाख २७ । नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री बाइ थ्री बास्केटबलको उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

चीनको युनानमा बैशाख १२ देखि १८ गतेसम्म भएको प्रतियोगितामा सहभागी ४ खेलाडी र १ प्रशिक्षकसहित ५ जना सम्मानित भएका हुन् । सम्मानित हने खेलाडीमा विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी र निश्चल महर्जन रहेका छन् । प्रशिक्षकमा सुशिल गुरुङ छन् ।

खेलाडी र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो । उनीहरुलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले एक कार्यक्रमबीच सम्मान गरे । प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको थियो ।

नेपालले फाइनलमा युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्दै इतिहास रचेको थियो । बास्केटबल संघका महासचिव नरेन्द्र थापाका अनुसार नेपाली बास्केटबलको इतिहासमै कुनैपनि टोलीले स्वर्ण जितेको यो पहिलो अवसर हो ।

प्रतियोगितामा नेपालसहित ७ राष्ट्र तथा चीनका ३२ गरी ३९ टोली सहभागी थिए । नेपालसहित चीनका ४ गरी ५ टिम समूह ‘एफ’ मा थिए । समूह चरणको सबै खेल जितेको नेपाल विजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको थियो ।

नेपालले प्रिक्वाटरफाइनलमा भियतनाम, क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन होङही र सेमिफाइनलमा थाइल्यान्डलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा नेपालका मनीष ‘मोस्ट भेलुएबल प्लेयर’ तथा सुशील उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

Published Date: 09 May 2024


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु