आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख २८ । आज २०८१ वैशाख २८ गते शुक्रबार, तद्अनुसार १० मे २०२४ । आज वैशाख शुक्ल तृतिया, अतिगंड तैतल रोहिणी, अक्षय तृतीया व्रत, परशुराम जयन्ती, महिला ज्योतिष संघ स्थापना दिवस, सूर्योदय बिहान:०५ः१७ बजे, सूर्यास्तः साँझ १८ः४२ बजे ।

आजको राशिफल

मेष: व्यस्तता बढ्ने छ । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । लाभमा कमी हुनसक्छ ।

वृष: मान–सम्मान पाइने छ । मेहनतको फल पाइने छ । व्यवसायमा वृद्धिको योग छ ।

मिथुन: पुरानी साथी–भाइसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ ।

कर्कट: बेरोजगारी हटाउने प्रयास सफल रहने छ । उपहार प्राप्ति सम्भव छ । व्यावसायिक यात्रा सफल रहने छ ।

सिंह: शत्रुबाट सावधानी आवश्यक छ । फजूल खर्चमा नियन्त्रण हुने छैन । लाभको अवसर प्राप्त हुनेछ ।

कन्या: यात्रा लाभदायक रहने छ । डूबेको रकम प्राप्त हुनेछ । नयाँ कार्य थालनी गर्ने योजना बन्ने छ ।

तुला: सामाजिक कार्य गर्न मन लाग्ने छ । शेयर मार्केट, म्युचुअल फण्डबाट लाभ हुनेछ । आम्दानीमा वृद्धि हुनेछ ।

वृश्चिक: प्रसन्नता कायम रहने छ । पूजा–पाठमा मन लाग्ने छ, सत्सङको लाभ मिल्ने छ । परिवार तथा साथीहरुको सहयोग पाइने छ ।

धनु: चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ । स्वाभिमानमा ठेस पुग्न सक्छ । नकारात्मकता हावी रहने छ ।

मकर: यात्रा लाभदायक रहने छ । राजकीय सहयोग पाइने छ । घरमा सुख–शान्ति रहने छ ।

कुम्भ: ऐश्वर्यका साधनहरुमा खर्च हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ । विवेक पुर्याएर कार्य गर्नु होला ।

मीन: पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । आनन्दसंग समय बित्ने छ । रचनात्मक कार्य सफल रहने छ ।

Published Date: 10 May 2024


ताजा
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली