२ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने मन्त्री परिषद्को निर्णय

२ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने मन्त्री परिषद्को निर्णय : Icon Khabar

काठमाडौं, वैशाख २७ । मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको‌ आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।

आइसिसी मेन्स टि ट्वान्टी वल्ड कप फाइनल एसियामा दोस्रो भएको नेपाली क्रिकेट टोली कुल २ करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार रुपैयाँ व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रुपैयाँ पाउनेछन्।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल ऐरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार रुपैयाँ, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन्। एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ कबड्डी खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गर्न खेलाडीहरूले बारम्बार गरेको अनुरोधलाई प्रमुख एजेन्डा बनाएर यसको लागि धैरै मिहिनेत गर्न परेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताए। यसको लागि मन्त्री श्रेष्ठले अर्थ मन्त्रालय र नेपाल सरकारलाई लाई पनि धन्यवाद दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2024
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न