साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २७ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा ४० प्रतिशतले धेरै हो । यस कर्पोरेसनले गत वर्ष ३ करोड ७१ लाख नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको छ । ५ अर्ब ७७ करोड रुपैयाँ रहेको आम्दानी अहिले बढेर ९ अर्ब ४५ करोड पुगेको छ । यसको अन्य आम्दानी २ करोड ६० लाखबाट बढेर २ करोड ७३ लाख पुगेको छ ।

साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ जम्मा छ ।

यसअवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी (वार्षिक) २१ रुपैयाँ ६० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ५५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 May 2024
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग