शाहरुख खान तथा आमिर खान मध्य सबैभन्दा धनी को हुन् ?

शाहरुख खान तथा आमिर खान मध्य सबैभन्दा धनी को हुन् ? : Icon Khabar

मुम्बई, वैशाख १८ । बलिउडका लोकप्रिय अभिनेता मध्येका शाहरुख खान तथा आमिर खान अहिले पनि अभिनयमा उत्तिकै सक्रिय रहेका छन् । यी दुवैको मित्रताको समय–समयमा चर्चा चलिरहेको हुन्छ । तर एउटा त्यस्तो समय थियो, जब आमिर र शाहरुख एक–अर्काका कट्टर दुश्मन थिए ।

सन् १९९२ मा शाहरुखले फिल्म ‘दीवाना’ बाट दर्शकमाझ आफ्नो परिचय बनाएका थिए । त्यस्तै आमिरले भने सन् १९८८ मा ‘ कयामत से कयामत तक’ बाट बलिउडमा डेब्यू गरेका थिए । दुवै अभिनेताका लाखौँ फ्यान फलोअर्स छन् । दुबै दर्शकमाझ उत्तिकै लोकप्रिय छन् ।

यसैबीच, धेरैको मनमा शाहरुख र आमिरमध्ये कोसंग बढी सम्पति होला अथवा को बढी धनी ? भन्ने कौतुहलता जागेको पाइन्छ । फिल्म क्षेत्रमा वर्षौँ बिताएका यी दुबैै अभिनेताको सम्पत्ति करोडौं रहेको छ । शाहरुखको कुल सम्पत्ति ६३०० करोड भारतीय रुपैयाँ छ भने आमिरको कुला सम्पत्ति १८६२ करोड रुपैयाँ रहेको छ ।

उमेरको हिसाबले पनि यी दुवैमा धेरै अन्तर छैन । शाहरुख ५८ वर्ष भए भने आमिर ५९ वर्ष । यो हिसाबले शाहरुख आमिरभन्दा एक वर्षले मात्र कान्छा रहेका छन् । तर शाहरुखको सम्पत्ति आमिरको भन्दा बढी रहेको छ ।

Published Date: 30 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी