शाहरुख खान तथा आमिर खान मध्य सबैभन्दा धनी को हुन् ?

शाहरुख खान तथा आमिर खान मध्य सबैभन्दा धनी को हुन् ? : Icon Khabar

मुम्बई, वैशाख १८ । बलिउडका लोकप्रिय अभिनेता मध्येका शाहरुख खान तथा आमिर खान अहिले पनि अभिनयमा उत्तिकै सक्रिय रहेका छन् । यी दुवैको मित्रताको समय–समयमा चर्चा चलिरहेको हुन्छ । तर एउटा त्यस्तो समय थियो, जब आमिर र शाहरुख एक–अर्काका कट्टर दुश्मन थिए ।

सन् १९९२ मा शाहरुखले फिल्म ‘दीवाना’ बाट दर्शकमाझ आफ्नो परिचय बनाएका थिए । त्यस्तै आमिरले भने सन् १९८८ मा ‘ कयामत से कयामत तक’ बाट बलिउडमा डेब्यू गरेका थिए । दुवै अभिनेताका लाखौँ फ्यान फलोअर्स छन् । दुबै दर्शकमाझ उत्तिकै लोकप्रिय छन् ।

यसैबीच, धेरैको मनमा शाहरुख र आमिरमध्ये कोसंग बढी सम्पति होला अथवा को बढी धनी ? भन्ने कौतुहलता जागेको पाइन्छ । फिल्म क्षेत्रमा वर्षौँ बिताएका यी दुबैै अभिनेताको सम्पत्ति करोडौं रहेको छ । शाहरुखको कुल सम्पत्ति ६३०० करोड भारतीय रुपैयाँ छ भने आमिरको कुला सम्पत्ति १८६२ करोड रुपैयाँ रहेको छ ।

उमेरको हिसाबले पनि यी दुवैमा धेरै अन्तर छैन । शाहरुख ५८ वर्ष भए भने आमिर ५९ वर्ष । यो हिसाबले शाहरुख आमिरभन्दा एक वर्षले मात्र कान्छा रहेका छन् । तर शाहरुखको सम्पत्ति आमिरको भन्दा बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 April 2024
Website | + posts




ताजा
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने