अफगानिस्तानको मस्जिदमा आक्रमण हुँदा ६ जनाको मृत्यु

अफगानिस्तानको मस्जिदमा आक्रमण हुँदा ६ जनाको मृत्यु : Icon Khabar

काबुल, वैशाख १८ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताए । “छ नागरिक सहिद भए र एक जना घाइते भएका छन्”, मङ्गलबार बिहान उनले सामाजिक सञ्जाल एक्समा लेखे ।

सरकारी बख्तर समाचार एजेन्सीले आक्रमणमा मर्नेहरूको सङ्ख्या त्यति नै भएको उल्लेख गरेको छ । घटना प्रान्तीय राजधानी हेरात सहरको दक्षिणमा रहेको एक जिल्लामा भएको थियो ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी नगरे पनि विश्लेषकहरूले इस्लामिक स्टेटको क्षेत्रीय अध्याय अफगानिस्तानमा सबैभन्दा ठूलो सुरक्षा खतरा रहेको बताएका छन् । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 April 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला