यस्ता छन् मन्त्रिपरिषद बैठकका चार निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका चार निर्णय : Icon Khabar

काठमाडौं, वैशाख १० । सरकारले नजिकिंदै गरेको लगानी सम्मेलनका लागि अध्यादेश ल्याउने भएको छ । यसका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा हुँदैछ । लगानीको वातावरण बनाई विदेशी लगानीकर्तालाई आकर्षित गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । वैशाख २ गते रातिबाट हिउँदे अधिवेशन अन्त्य भएको थियो । वर्षे अधिवेशनअघि नै सरकारले अध्यादेशमार्फत लगानीसम्बन्धी केही कानुन संशोधन गर्नलागेको हो ।

यी हुने मन्त्रिपरिषद वैठकका चार निर्णय

१) लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति ज्यू समक्ष पेश गर्ने ।

२) विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने ।

३) कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने ।

४) अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला