यस्ता छन् मन्त्रिपरिषद बैठकका चार निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका चार निर्णय : Icon Khabar

काठमाडौं, वैशाख १० । सरकारले नजिकिंदै गरेको लगानी सम्मेलनका लागि अध्यादेश ल्याउने भएको छ । यसका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा हुँदैछ । लगानीको वातावरण बनाई विदेशी लगानीकर्तालाई आकर्षित गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । वैशाख २ गते रातिबाट हिउँदे अधिवेशन अन्त्य भएको थियो । वर्षे अधिवेशनअघि नै सरकारले अध्यादेशमार्फत लगानीसम्बन्धी केही कानुन संशोधन गर्नलागेको हो ।

यी हुने मन्त्रिपरिषद वैठकका चार निर्णय

१) लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति ज्यू समक्ष पेश गर्ने ।

२) विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने ।

३) कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने ।

४) अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।

Published Date: 22 April 2024


ताजा
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर