सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

सेयरबजारमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो : Icon Khabar

काठमाडौं, वैशाख १० । सोमबार नेप्से परिसूचक १५.४१ अंक घटेर १९६९.०२ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.८० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२० स्टकको ३८ हजार ५५२ पटकको कारोबारमा २ अर्ब ५ करोड ८३ लाख रुपैयाँ बराबरको ५६ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार पिपुल्स पावरको शेयरमूल्य सर्वाधिक ६.९१ प्रतिशत बढेको छ। त्यसैगरी, प्रभु सेलेक्ट फण्डको इकाईमूल्य ५.८० प्रतिशत बढेको छ भने कुमारी धनवृद्धि योजनाको इकाईमूल्य ५.३३ प्रतिशत बढेको छ। कारोबारमा आएको दोल्ती पावरको शेयरमूल्य आज सर्वाधिक ७.३७ प्रतिशत घटेको छ। त्यस्तै, एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, जोशी हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सर्वोत्तम सिमेन्टको करिब ६ करोडको शेयर किनबेच भएको छ।

सोमबार १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०२ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक आज सर्वाधिक २.१० प्रतिशत घटेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.२० प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2024
Website | + posts