कतारका अमिरको भ्रमणमा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

कतारका अमिरको भ्रमणमा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय : Icon Khabar

काठमाडौं, वैशाख १० । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने दिन भोलि मंगलबार सार्वजनिक बिदा निर्णय गरेको हो ।

कतारका अमिर शेख थानीले पहिलाेपटक यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा अमिर शेख थानीले राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्नेछन् । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनेछन्। कतारका अमिर थानी सोही दिन काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

Published Date: 22 April 2024






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता