नेपाललाई प्रचण्डको जवाफ : जोखिम र चुनौति छ, तर कम्युनिष्ट शक्तिहरु एकतामा जानै पर्छ

नेपाललाई प्रचण्डको जवाफ : जोखिम र चुनौति छ, तर कम्युनिष्ट शक्तिहरु एकतामा जानै पर्छ : Icon Khabar

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको समस्या समाधान गर्न समाजवाद अबको क्रान्तिको बाटो भएको बताएका छन् । आज (सोमबार) नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभालाई सम्बोधन गर्दै प्रचण्डले अब सैद्धान्तिक र वैचारिक रुपमा समाजवादतर्फ जानैपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले २०७४ मा एकता भएको नेकपा जोगाउन नसकेकोप्रति आत्मग्लानी प्रकट गरेका छन् । उनले २०७४ को निर्वाचनमा जनताले समेत अनुमोदन गरेकाले वाम एकता आवश्यकता रहेकाले अझै लागिपर्ने धारणा राखे । प्रचण्डले एक पटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने टिप्पणी गरे ।

‘अघिल्लो एकता बचाउन सकिएन, तर एक पटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। ’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुढृढीकरणका लागि, जनताको समस्या समाधानका लागि समाजवादको विकल्प छैन । समाजवादको विकल्प छैन । जजसले समाजवाद नै अबको क्रान्ति मान्छौं, अब सैद्धान्तिक र वैचारिक रुपले ती सबै कुनै न कुनै रुपमा सहकार्यमा, एकतामा जान पहल गर्नैपर्छ ।’

माधव नेपालले प्रचण्ड अब कसरी अगाडि बढ्नु हुन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले थपे, ‘अहिले जोखिम र चुनौति छ तर चुनौतिको सामना गर्दै जोखिम उठाउँदै अगाडि बढ्ने कम्युनिष्ट आन्दोलनको वर्ग संघर्षको नियम नै हो । राष्ट्रिय एकताका निम्ति र राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट आन्दोलनका निम्ति जोखिम उठाउनु राम्रो कुरा हो । चुनौतिहरु हुन्छन्, त्यसको सामना गर्नुपर्छ,कम्युनिष्ट पार्टी चुनौति सामना गर्नुपर्छौं । हामी यहि बाटोमा छौं ।’

Published Date: 22 April 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर