गठबन्धन सहज छैन, कति दिन टिक्छ भन्न सक्दिनँ : माधव नेपाल

गठबन्धन सहज छैन, कति दिन टिक्छ भन्न सक्दिनँ : माधव नेपाल : Icon Khabar

काठमाडौँ, वैशाख १० । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठेको बताएका छन् ।

सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म जानेमा शंका व्यक्त गरे।

कार्यक्रममा सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलन लोकतन्त्रको संवाहक भएको बताएका हुन् । ‘लोकतन्त्रको झण्डा अझै बुलन्द गर्नुपर्छ ।’ नेपालले भने, ‘जनताका जनजीविकाको सबाल हामीसँग जोडिएको छ। जनताको पक्षमा हामी लाग्नुपर्छ । कम्युनिष्ट जनतासँग एकाकार हुन सक्नुपर्छ । परिवर्तनको संवाहक जनता हुन् भन्ने सन्देश प्रवाह नगरेसम्म कम्युनिष्ट आन्दोलन सफल हुँदैन ।’

उनले को हुन् वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने स्पष्ट पारे। ‘नेपालको राजनीतिक जटिल छ । गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ । कति दिन यो गठबन्धन टिक्ने हो ? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ । हामी सहज ठानिरहेका छैनौं ।’ उनले भने, ‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं ।’ नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी हुन थालेको भन्दै असन्तुष्ट व्यक्त गरे । उनले नरबहादुर कर्माचार्यले कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2024
Website | + posts