माल्दिभ्स आमनिर्वाचन : भारतविरोधी छविका राष्ट्रपति मुइज्जुको दललाई बहुमत

माल्दिभ्स आमनिर्वाचन : भारतविरोधी छविका राष्ट्रपति मुइज्जुको दललाई बहुमत : Icon Khabar

काठमाडौं, वैशाख १० । भारतविरोधी छवि बनाएर माल्दिभ्सको राष्ट्रपति बनेका मोहम्मद मुइज्जुको पार्टीले संसदीय निर्वाचनमा पनि ठूलो सफलता हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको छ ।

माल्दिभ्समा आइतबार बिहान ८ बजेदेखि साँझ ५ः३० बजेसम्म मतदान भएको थियो । माल्दिभ्सको निर्वाचन आयोगका अनुसार ७२ प्रतिशत मतदान भएको थियो । माल्दिभ्सका २,८४,६६३ जना मतदातामध्ये २,०७,६९३ जना सहभागी थिए ।

माल्दिभ्सका रिसोर्ट, जेल र औद्योगिक टापुहरूमा पनि मतदान भएको थियो । यसैगरी भारतको तिरुवनन्तपुरम, श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा पनि मतदान भएको थियो । माल्दिभ्सको ९३ संसदीय सिटका लागि ६ दलका ३६८ उम्मेदवार चुनावी मैदानमा थिए । यसमा मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस र प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी सहित १३० स्वतन्त्र उम्मेदवारहरू सामेल छन् ।

माल्दिभ्सको मिडिया हाउस ‘द एडिसन’का अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिनाको कार्यकालको परीक्षा थियो । मुइज्जु सेप्टेम्बर २०२३ मा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए ।

Published Date: 22 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता