माल्दिभ्स आमनिर्वाचन : भारतविरोधी छविका राष्ट्रपति मुइज्जुको दललाई बहुमत

माल्दिभ्स आमनिर्वाचन : भारतविरोधी छविका राष्ट्रपति मुइज्जुको दललाई बहुमत : Icon Khabar

काठमाडौं, वैशाख १० । भारतविरोधी छवि बनाएर माल्दिभ्सको राष्ट्रपति बनेका मोहम्मद मुइज्जुको पार्टीले संसदीय निर्वाचनमा पनि ठूलो सफलता हासिल गरेको छ । आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको छ ।

माल्दिभ्समा आइतबार बिहान ८ बजेदेखि साँझ ५ः३० बजेसम्म मतदान भएको थियो । माल्दिभ्सको निर्वाचन आयोगका अनुसार ७२ प्रतिशत मतदान भएको थियो । माल्दिभ्सका २,८४,६६३ जना मतदातामध्ये २,०७,६९३ जना सहभागी थिए ।

माल्दिभ्सका रिसोर्ट, जेल र औद्योगिक टापुहरूमा पनि मतदान भएको थियो । यसैगरी भारतको तिरुवनन्तपुरम, श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा पनि मतदान भएको थियो । माल्दिभ्सको ९३ संसदीय सिटका लागि ६ दलका ३६८ उम्मेदवार चुनावी मैदानमा थिए । यसमा मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस र प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी सहित १३० स्वतन्त्र उम्मेदवारहरू सामेल छन् ।

माल्दिभ्सको मिडिया हाउस ‘द एडिसन’का अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिनाको कार्यकालको परीक्षा थियो । मुइज्जु सेप्टेम्बर २०२३ मा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 April 2024
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने