अर्धशतक जोड्दै आउट भए सन्दीप

अर्धशतक जोड्दै आउट भए सन्दीप : Icon Khabar

काठमाडौँ, वैशाख ७ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध खेलिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पाँचौ विकेटकोरूपमा सन्दीप जोरालाई गुमाएको हो। उनी ४०‍‍ बलमा ५० रन जोड्दै क्याच आउट हुन पुगे ।

नेपालले यस अगाडि ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको पहिलो बलमै गुमाउँदा अर्का ओपनर आशिफ शेख ११ बलमा ८ रन जोड्दै एलबीडब्लूको शिकार हुन पुगे।

यस्तै, तेश्रो विकेटका लागि कप्तान रोहित पौडेले ५ रन जोड्दै क्याच आउट भए। चौथो विकेटका लागि कुशल मल्लले ५ बलमा ३ रनको योगदान गरे।

पाँचौ विकेटका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीको ब्याटपनि चलेन। उनी ८ बलमा ५ रन जोड्दै एलबीडब्लूका शिकार भए।

ताजा अवस्थामा नेपाल ६ विकेट गुमाउँदै १४.४ ओभरमा ८० रनमा खेलिरहेको छ।

Published Date: 19 April 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग