काठमाडौँमा सुरू भयो सेतो मच्छिन्द्रनाथको जात्रा

काठमाडौँमा सुरू भयो सेतो मच्छिन्द्रनाथको जात्रा : Icon Khabar

काठमाडौँ, वैशाख ४ । काठमाडौँमा आजदेखि सेतो मच्छिन्द्रनाथको जात्रा सुरू भएको छ। मंगलबार अपराह्न ४ बजेदेखि मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा हुँदैछ।

यस्तै, वैशाख ५ गते साँझ ५ बजेदेखि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ भने ७ गते ४ बजेदेखि हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ।

त्यस्तै, वैशाख ८ गते साँझ ५ः३० देखि लगन, ज्याबहाल द्यः, यूतुननि, कोहिति, भिमसेनस्थान, मरू, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहालसम्म रथयात्रा हुने कार्यक्रम छ।

Published Date: 16 April 2024


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी