काठमाडौँमा सुरू भयो सेतो मच्छिन्द्रनाथको जात्रा

काठमाडौँमा सुरू भयो सेतो मच्छिन्द्रनाथको जात्रा : Icon Khabar

काठमाडौँ, वैशाख ४ । काठमाडौँमा आजदेखि सेतो मच्छिन्द्रनाथको जात्रा सुरू भएको छ। मंगलबार अपराह्न ४ बजेदेखि मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा हुँदैछ।

यस्तै, वैशाख ५ गते साँझ ५ बजेदेखि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ भने ७ गते ४ बजेदेखि हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ।

त्यस्तै, वैशाख ८ गते साँझ ५ः३० देखि लगन, ज्याबहाल द्यः, यूतुननि, कोहिति, भिमसेनस्थान, मरू, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहालसम्म रथयात्रा हुने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2024
Website | + posts




ताजा
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घट्यो
नेपाल एयरलाइन्सको अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित