नयाँदिल्ली, चैत २७ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन् । आफ्नो गिरफ्तारीसँगै केजरीवालले ईडीको हिरासतमा राख्ने आदेशलाई पनि चुनौती दिएका छन् ।
अदालतको वेवसाइटमा उपलब्ध जानकारी अनुसार न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले आज दिउँसो २ः३० बजे फैसला दिनेछ । यसअघि गत वैशाख ३ गते न्यायाधीश शर्माले दुवै पक्षको करिब चार घण्टासम्म सुनुवाइ गरेपछि आफ्नो निर्णय सुरक्षित राखेका थिए ।
रुस एभिन्यू अदालतमा मार्च २८ मा भएको सुनुवाइ पछि अरविन्द केजरीवालको रिमाण्ड चार दिन अर्थात् अप्रिल १ सम्म बढाइएको थियो । अप्रिल १ मा ईडीले मुख्यमन्त्रीलाई न्यायिक हिरासतमा पठाउन अदालतमा माग गरेको थियो । त्यसपछि उनलाई १५ अप्रिलसम्म तिहाड जेल पठाइएको थियो ।
केजरीवालभन्दा पहिले पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, पूर्वमन्त्री सत्येन्द्र जैन र राज्यसभा सांसद सञ्जय सिंह पनि मदिरा नीति मुद्दामा पक्राउ परेका छन् । तर, यस मुद्दामा सञ्जय सिंहले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । अर्को मामलामा, सञ्जय सिंह र अरविन्द केजरीवालले राहत पाउन सकेनन् ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news