भारतको नैनितालमा जीप भीरबाट खस्दा सात नेपालीको मृत्यु

भारतको नैनितालमा जीप भीरबाट खस्दा सात नेपालीको मृत्यु : Icon Khabar

काठमाडौं, चैत २७ । भारतको नैनितालमा जीप दुर्घटना हुँदा सात नेपालीले ज्यान गुमाएका छन् । घटनामा अर्का एक भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जागणका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन् ।

दुर्घटनामा छोटु चौधरी र जनक घाइते छन् । मृतक र घाइतेको नेपालको ठेगाना भने खुल्न बाँकी छ । सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जीप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । नेपाली श्रमिक घर फर्किंदै गर्दा दुर्घटनामा परेका हुन् । मृतक र घाइतेको भारतीय प्रहरीले उद्धार गरेको छ ।

Published Date: 09 April 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु