सुनको भाउमा फेरि नयाँ रेकर्ड

सुनको भाउमा फेरि नयाँ रेकर्ड : Icon Khabar

काठमाडौं, चैत २७ । सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। चैत २७ गते मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

गत सोमबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी चाँदीको भाउ भने उच्च मूल्या नै स्थिर छ। मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।

Published Date: 09 April 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग