‘बोक्सीको घर’को ट्रेलर रिलिज

‘बोक्सीको घर’को ट्रेलर रिलिज : Icon Khabar

काठमाडौं, चैत २६ । केकी अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै बद्री अधिकारीको निर्माण तथा सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्मको साढे २ मिनेट लामो ट्रेलर रिलिज गरिएको हो ।

राज घिमिरे कार्यकारी निर्माता रहेको यो फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ।

सुलक्षण भारतीको लेखन रहेको यो फिल्ममा सुलक्षण भारती र लोकेश बज्राचार्यको सम्पादन, शिवराम श्रेष्ठको छायांकन छ । यो फिल्म आउँदो बर्षको वैशाख १४ गतेबाट रिलिजमा आउँदैछ ।

Published Date: 08 April 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा