रास्वपालाई सांसद पौडेलको प्रश्न : निर्दोष भए छानबिन समिति बनाउन किन अफ्ठ्यारो ?

रास्वपालाई सांसद पौडेलको प्रश्न : निर्दोष भए छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? : Icon Khabar

काठमाडौं, चैत २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने मागबाट कांग्रेस पछि नहटेको बताएका छन् ।

काठमाडौंमा सोमबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि नहट्ने स्पष्ट पारे । उनले छानबिनका लागि निर्दोष छु भन्नेहरु छानबिन समिति बनाउन किन तयार नभएको भन्दै प्रश्न समेत गरेका छन् ।

पौडेलले भने, ‘दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो ? कुनै पनि घटना विशेषको सत्यतथ्य खोजिनु पर्छ । प्रश्न उठ्दैमा र आरोपहरु लाग्दैमा कोही दोषी हुन्छ भन्ने हुँदैन । तर आरोप लागिसकेपछि सत्यतथ्य छानबिन गर्ने काम सरकारको हो ।’ सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगिकार गर्नुपर्ने बताउँदै उनले भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको उल्लेख गरे ।

कांग्रेस नेता पौडेलले भने, ‘कुनै पनि घटना विशेषको तथ्यसत्य के हो भन्ने खोजिनु पर्छ । आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगिकार गरेको हुनुपर्छ । प्रश्न आफूलाई उठ्यो, त्यो कुराको वास्ता नगर्ने र अरुलाई प्रश्न उठाउने कुरा मात्रै सरकारमा बसेर स्वभाविक हुन सक्दैन ।’ सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको जिकिर गरे ।

Published Date: 08 April 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा