आफूलाई नाउपा अध्यक्ष दावी गर्दै रेशमले बोलाए आकस्मिक बैठक

आफूलाई नाउपा अध्यक्ष दावी गर्दै रेशमले बोलाए आकस्मिक बैठक : Icon Khabar

काठमाडौं, चैत २२ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक डाकेका छन् । चौधरीले सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे केन्द्रीय पार्टी कार्यालय अनामनगरमा बैठकका लागि बोलाएका हुन् ।

महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई बैधानिकता दिएन । निर्वाचन आयोगले उनलाई अध्यक्षको बैधानिकता नदिए पनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले डाकेका हुन् । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिश्वासको मत लिने तयारी गरेका छन् ।

शाह नेतृत्वको सरकारलाई बिश्वासको मत दिने विषयमा नाउपामा दुईथरी मत देखिएको छ । रेशम चौधरी काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा छन् भने पत्नी रञ्जिता श्रेष्ठ चौधरी एमाले माओवादीसहितको नयाँ गठबन्धनको सरकार बनाउनु पर्ने पक्षमा छिन् । यही विषयले चर्किदा अहिले नाउपा विभाजनको संघारमा पुगेको छ ।

Published Date: 04 April 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु