आफूलाई नाउपा अध्यक्ष दावी गर्दै रेशमले बोलाए आकस्मिक बैठक

आफूलाई नाउपा अध्यक्ष दावी गर्दै रेशमले बोलाए आकस्मिक बैठक : Icon Khabar

काठमाडौं, चैत २२ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आकस्मिक बैठक डाकेका छन् । चौधरीले सबै प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई १० बजे केन्द्रीय पार्टी कार्यालय अनामनगरमा बैठकका लागि बोलाएका हुन् ।

महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई बैधानिकता दिएन । निर्वाचन आयोगले उनलाई अध्यक्षको बैधानिकता नदिए पनि आफूलाई अध्यक्षको दाबी गर्दै उनले डाकेका हुन् । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिश्वासको मत लिने तयारी गरेका छन् ।

शाह नेतृत्वको सरकारलाई बिश्वासको मत दिने विषयमा नाउपामा दुईथरी मत देखिएको छ । रेशम चौधरी काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा छन् भने पत्नी रञ्जिता श्रेष्ठ चौधरी एमाले माओवादीसहितको नयाँ गठबन्धनको सरकार बनाउनु पर्ने पक्षमा छिन् । यही विषयले चर्किदा अहिले नाउपा विभाजनको संघारमा पुगेको छ ।

Published Date: 04 April 2024




















ताजा
शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर
चक्रवात ‘अर्नब’को कहरले देशभर मौसममा उथलपुथल : भारी वर्षा, हिमपात र हुरीको चेतावनी, सतर्क रहन आग्रह
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक