सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढेको बढ्यै, आज कतिमा हुँदैछ कारोबार ? : Icon Khabar

काठमाडौं, चैत २२ । नेपाली बजारमा बिहीबार पनि सुन र चाँदी दुबैको भाउ बढेर ऐतिहासिक उचाइमा पुगेको छ। यस दिन सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३३ हजार रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार ३५० सय रुपैयाँ रहेको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ६५० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Published Date: 04 April 2024


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु