काठमाडौँ, कार्तिक १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बादलों लाग्नेछ।
यस क्रममा कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थान तथा अन्य हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम किसिमको वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थान र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, आज राति कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादली रहनेछ। यस दौरान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको आङ्कलन गरिएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा समेत भारी वर्षा हुन सक्ने विभागले चेतावनी दिएको छ।
Published Date: 29 October 2026