सुुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै, नाउपाले के गर्ला ?

सुुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै, नाउपाले के गर्ला ? : Icon Khabar

धनगढी, चैत २२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । आज ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

संघमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले लगायतका दलबीच नयाँ गठबन्धनसहितको सरकार बनेपछि सुदूरपश्चिममा पनि त्यसको असर परेको हो । सुदूरपश्चिम सरकारबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि मुुख्यमन्त्री शाह अल्पमतमा परेका छन् ।

समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ । नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात, राप्रपाका एक र एक स्वतन्त्र दलको समर्थन जुटाएर विश्वासको मत पाउने दाउमा मुख्यमन्त्री रहेका छन् । तर, विवादका कारण हाल नाउपा दुई भागमा विभाजन भएकाले मत पनि विभाजित हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारकै विषयलाई लिएर पार्टीभित्र मत विभाजित भएको हो ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने / नदिने विषयमा पार्टीभित्रैबाट बुधवार दुईवटा निर्देशन जारी भएको छन् । ७ जना प्रदेश सभा सदस्य रहेका आफ्ना सांसदहरूलाई मुुख्यमन्त्रीलाई मतदान नगर्न नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले नै ह्विप जारी गरेकी छन् । उनले लिखित रुपमै मुख्यमन्त्री शाहलाइ विश्वासको मत नदिन निर्देशन दिएकी हुन् । यस्तै पार्टी प्रमुख सचेतक खुशीराम डगौरा थारूको पनि ह्विप जारी भएको छ । उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेका हुन् । उनले प्रदेश सभा उपस्थिती भए। मुख्यमन्त्रीलाई विश्वासको मत दिन नाउपका सबै प्रदेश सभा सदस्यलाई निर्देशन दिएका छन्।

हाल नाउपाका ५ जना सांसद शाह नेतृत्वको सरकारमा नै सामेल छन् । एक सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विश्वासको मत दिने संकेत गरेको छ । मुख्यमन्त्री शाहलाई नाउपाका सातै जना, स्वतन्त्र सांसद तारा जोशी र राप्रपाले समर्थन गर्दामात्रै विश्वासको मत पुग्छ । स्वतन्त्र सांसद तारा जोशीले सरकारमा सहभागी दल नाउपा नै विभक्त भएकाले मत दिनुको अर्थ नरहेको बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने