काठमाडौं, कार्तिक १२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम भएको छ।
त्यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा रहेको छ भने पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ०० पैसा र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।
यसैगरी स्विस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०५ पैसा कायम भएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
Published Date: 29 October 2026