अनुभवी ब्याटर नचल्दा नेपाल ‘ए’ को हार

अनुभवी ब्याटर नचल्दा नेपाल ‘ए’ को हार : Icon Khabar

काठमाडौँ, चैत २१ । आयरल्यान्ड वल्भ्सले एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको छ ।

वल्भ्सले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २६ औं ओभरमा मात्र १ सय ३६ रनमा अलआउट भयो । नेपालको मध्यक्रमका ब्याटरले बिर्सनलायक प्रदर्शन गर्दा नेपाल ‘ए’ हारको सामना गर्न पुगेको हो ।

नेपालले छैटौं ओभरमा ओपनर देव खनाललाई २६ रनमा गुमाउँदा स्कोर ३५-१ को स्थितिमा थियो । उनले २२ बलमा ४ चौकासहित २६ रन जोडे । तर त्यसपछि लगातार विकेट पतन हुँदा नेपाल ‘ए’ ५६-६ को दयनीय स्थितिमा पुग्यो ।

अर्जुन कुमाल ९ रन जोड्दा भीम सार्की गोल्डेन डक आउट भए । आरिफ शेख शून्य, अर्जुन साउद ४ र विनोद भण्डारी ९ रनमा आउट भए । कमल सिंह ऐरी ६ रन जोड्दै आउट हुँदा नेपाल ७८-७ को स्थितिमा पुग्यो ।

बसिर अहमद २१ बलमा २० रन जोडेर पेभेलियन फर्किए । साहब आलमले त्यसपछि रन गति बढाएपनि उनी २५ औं ओभरमा क्याच आउट भए । ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी ३७ रन जोड्दै बाउन्ड्रीनजिक आउट भए । अर्को ओभरमा श्याम र रिजनबीच समन्वय नहुँदा रनआउटसँगै नेपाल अलआउट भयो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको वल्भ्स ३९ औं ओभरमा मात्र १ सय ५७ रन जोडेर अलआउट भयो । कमलले अन्तिम ३ विकेट ह्याट्रिकसहित कुल ४ विकेट लिएर आयरल्यान्डको तल्लोक्रम धराशायी पारे । वल्भ्सका केड कार्माइकलले सर्वाधिक ५१ रन जोडे ।

वल्भ्सले छैटौं ओभरमा जेम्स मकलमलाई १२ रनमा गुमायो । रिजन ढकालले उनलाई विकेटकिपरको हातबाट क्याच आउट गराए । नवौं ओभरमा डोहेनी पनि १२ रनमै साहब आलमको एल्बीडब्लु धरापमा परे ।

पिटर मुर २१ रनमा श्याम ढकालको बलमा बोल्ड हुँदा वल्भ्स ६१-३ को स्थितिमा पुग्यो । कप्तान निल रक र कार्माइकलले चौथो विकेटका लागि ६५ रनको साझेदारी गरे । रक ३२ बलमा ३९ रन जोड्दै कमलको बलमा एलबीडब्लु आउट भए ।

त्यसपछि वल्भ्सले लगातार विकेट गुमाउन पुग्यो । डेलनी ६ रन जोड्दै श्यामको एलबीडब्लु शिकार बने । फिओन ह्यान्ड पहिलो बलमै रन जोड्ने धुनमा रनआउट भए । कार्माइकल ३७ औं ओभरमा साहबको बलमा क्याच आउट भए ।

त्यसपछि कमलले ३९ औं ओभरको सुरुवाती ३ बलमा विकेट लिए । लियाम मकार्थी क्याच आउट भएपछि कमलले म्याथ्यु हम्फ्रिज र बेन ह्वाइटलाई लगातार बलमा बोल्ड गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न