कांग्रेसलाई स्वर्णिमको प्रश्न : जाहेरी पर्ने बित्तिकै राजीनामा दिएर समिति गठन गर्न तयार हो ?

कांग्रेसलाई स्वर्णिमको प्रश्न : जाहेरी पर्ने बित्तिकै राजीनामा दिएर समिति गठन गर्न तयार हो ? : Icon Khabar

काठमाडौँ, चैत २१ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णीम वाग्लेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न निषेध गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् ।

उनले कांग्रेसले सहकारीको महाकाव्य नै लेख्न बसे जसरी दिनहुँ एउटै कुरा गरिरहेको आरोप लगाए । कांग्रेसले समाधान भन्ने कुरा नगरेको उनको टिप्पणी छ । वाग्लेले संसदीय छानबिन समिति बनाउन आपत्ति नभएको बताएका छन् । उनले आरोप लाग्दैमा र जाहेरी पर्दैमा राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो भन्दै कांग्रेसलाई प्रश्न गरे ।

‘सर्वदलीय सहमति गरौं । आरोप लाग्नासाथ राजीनामा गरौं । मन्त्रीले मात्रै होइन सांसदले पनि राजीनामा गरौं’, उनले भने, ‘आरोप लाग्यो र जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो ?’ उनले यसमा सर्वदलीय सहमति हुने भए पहिलो हस्ताक्षर रास्वपाले गर्ने बताए । वाग्लेले पहिले गृहमन्त्रीको जवाफ सुन्न आग्रह गरे । सहकारी ठगी प्रकरणका जोडिएका लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका लागि कांग्रेसले माग राख्दै आएको छ ।

Published Date: 03 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न