कांग्रेसलाई स्वर्णिमको प्रश्न : जाहेरी पर्ने बित्तिकै राजीनामा दिएर समिति गठन गर्न तयार हो ?

कांग्रेसलाई स्वर्णिमको प्रश्न : जाहेरी पर्ने बित्तिकै राजीनामा दिएर समिति गठन गर्न तयार हो ? : Icon Khabar

काठमाडौँ, चैत २१ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णीम वाग्लेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न निषेध गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् ।

उनले कांग्रेसले सहकारीको महाकाव्य नै लेख्न बसे जसरी दिनहुँ एउटै कुरा गरिरहेको आरोप लगाए । कांग्रेसले समाधान भन्ने कुरा नगरेको उनको टिप्पणी छ । वाग्लेले संसदीय छानबिन समिति बनाउन आपत्ति नभएको बताएका छन् । उनले आरोप लाग्दैमा र जाहेरी पर्दैमा राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो भन्दै कांग्रेसलाई प्रश्न गरे ।

‘सर्वदलीय सहमति गरौं । आरोप लाग्नासाथ राजीनामा गरौं । मन्त्रीले मात्रै होइन सांसदले पनि राजीनामा गरौं’, उनले भने, ‘आरोप लाग्यो र जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न तयार हो ?’ उनले यसमा सर्वदलीय सहमति हुने भए पहिलो हस्ताक्षर रास्वपाले गर्ने बताए । वाग्लेले पहिले गृहमन्त्रीको जवाफ सुन्न आग्रह गरे । सहकारी ठगी प्रकरणका जोडिएका लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनका लागि कांग्रेसले माग राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू