बुधबार नेप्से परिसूचक ३.४३ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ३.४३ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २१ । बुधबार नेप्से परिसूचक ३.४३ अंक घटेर २००६.७८ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २९ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२२ स्टकको ५२ हजार ६५ पटकको कारोबारमा २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज पनि शेयरमूल्य सर्वाधिक बढेका शीर्ष १० कम्पनीहरुमा सूचीमा ९ लघुवित्त कम्पनी रहेका छन्। जसमध्ये गुराँस लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। त्यस्तै, आज मानुषि लघुवित्तको शेयरमूल्य ९.९१ प्रतिशत बढेको छ। ३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ६.७४ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा पनि आज सूर्यज्योति लाइफ इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको २५ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। आज सर्वोत्तम सिमेन्टको साढे १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको कारोबार रकम साढे ११ करोड नाघेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2024
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने