नेप्सेले पुन: डाउन ट्रेन्डलाई नै समात्यो

नेप्सेले पुन: डाउन ट्रेन्डलाई नै समात्यो : Icon Khabar

काठमाडौँ, चैत १४ । लगातार चार दिनसम्म घटेर मङ्गलबार बढेको सेयरबजार पुन: ओरालो यात्रामै लागेको छ । बुधबार नेप्से परिसूचक १०.८३ अंक घटेर २०३०.८६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४४ हजार २४९ पटकको कारोबारमा २ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको ६० लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

गत मंगलबारदेखि कारोबारमा आएर दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको शेयर यस दिन पनि सर्किट लेभलमा नै कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ८९ रुपैयाँ ५० पैसा घटेर ९८४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन ८०–२० को इकाईमूल्य ९.९३ प्रतिशत बढेको छ। यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.६६ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९१ प्रतिशत बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
Website | + posts