पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा : Icon Khabar

काठमाडौँ, चैत १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् । उनले बुधबार राजीनामा बुझाएका हुन् ।

केही दिनअघि एक टिभी कार्यक्रम चलाउँदै खरेलले पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आलोचनात्मक टिप्पणी गरेपछि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेकाे थियो । तर खरेलले पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग आफ्नो विचार र प्राथमिकता मिल्न नसकेको भन्दै राजीनामा बुझाएका हुन् ।

अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दै उनले भनेका छन्, ‘पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ।’

आम चुनाव २०७९ मा काठमाडौं–१ मा सुशासन पार्टीका तर्फबाट चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित हुन पुगे । उनी पूर्व डीआईजीसमेत हुन् ।

Published Date: 27 March 2024


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु