पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा : Icon Khabar

काठमाडौँ, चैत १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् । उनले बुधबार राजीनामा बुझाएका हुन् ।

केही दिनअघि एक टिभी कार्यक्रम चलाउँदै खरेलले पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आलोचनात्मक टिप्पणी गरेपछि पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेकाे थियो । तर खरेलले पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग आफ्नो विचार र प्राथमिकता मिल्न नसकेको भन्दै राजीनामा बुझाएका हुन् ।

अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दै उनले भनेका छन्, ‘पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ।’

आम चुनाव २०७९ मा काठमाडौं–१ मा सुशासन पार्टीका तर्फबाट चुनाव लडेका उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा जोडिएका थिए । खरेल रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका थिए, तर जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित हुन पुगे । उनी पूर्व डीआईजीसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता