सांसद वडुको प्रश्न : सहकारीको एक करोड जम्मा भएका रवि हाम्रै गृहमन्त्री कि नाम मात्र मिलेको ?

सांसद वडुको प्रश्न : सहकारीको एक करोड जम्मा भएका रवि हाम्रै गृहमन्त्री कि नाम मात्र मिलेको ? : Icon Khabar

काठमाडौँ, चैत १४ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सुन तस्करी प्रकरणसम्बन्धी छानविन समितिको रिपोर्ट सार्वजनिक गरिनु पर्ने माग गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै बडुले भने, ‘नयाँ सरकार बनेपछि सुन तस्करी सम्बन्धि एउटा तदारुकता देखिएको छ । तर, अनुसन्धनको रिपोर्टमा के थियो सार्वजनिक भएको छैन, त्यो रिपोर्ट सार्वजनिक भए एउटा अवस्था तय हुने थियो ।’

उनले आफ्ना सांसद बिनोद चौधरीमाथि छानविन भएको विषयमा पनि प्रश्न गरेका छन् । ‘कानुनी राज्यमा कसैमाथि पनि छानबिन नहुने भन्ने हुँदैन । तर संघीय सांसदमाथि छानबिन हुँदैछ भन्ने चिट्ठी सभामुखलाई दिइएको भन्ने आयो । यो कुन नियम र कानुनबाट गराइयो ?’ उनले प्रश्न गरे, ‘यदि पक्राउ गरेको जानकारी आयो भने जानकारी गराउनु पर्छ भन्ने व्यवस्था थियो । संविधानमा व्यवस्था नभएको कुरा अनुसार कसैमाथि छानबिन हुँदैछ भनेर किन जानकारी गराइएको हो ? के मिनिङ हो यसको ? हामी बुझिरहेका छैनौँ । किन यो चिट्ठी लेख्ने काम भयो ?’

उनले सहकारी मुद्दामा फरार व्यक्तिह रुकहाँ छन् सरकारले सार्वजनिक गर्नुपर्ने बताएका छन् । ‘यसमा स्पष्ट गर्न मिल्ने जति गरिदिनुस् । जनताले राखेको पुँजी अपचलन भएको छ । छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुँदैनथ्यो ? रवी लामिछानेको नाममा पनि एक करोड त्यो रकम आएको भन्ने छ । हाम्रा गृहमन्त्रीसँग नाम मात्र मिलेको हो कि के हो ?’ प्रश्न गर्दै उनले भने, ‘हाम्रो अहिलेको माननीय गृहमन्त्री ज्यु पनि त्यै नामको हुनुहुन्छ । यदि त्यो नाम गरेको उहाँ नै हो भने उहाँले छानबिन नसकिने बेलासम्म जिम्मेवारी बाट बाहिर गए हुन्थ्यो भन्ने हाम्रो कुरा हो । अहिलेको आवश्यकता नै त्यति हो ।’ उनले जतिसुकै पहुचवाला नेता भएपनि छानबिनको दायरामा आउनु पर्ने र सरकारले त्यसको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।

Published Date: 27 March 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु