रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन -उपसभापति वाग्ले

रास्वपाको जस्तो स्पष्ट अडान अन्य पार्टीमा छैन -उपसभापति वाग्ले : Icon Khabar

काठमाडौँ, चैत १४ ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा जस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाटबारे कुनै दुविधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताए ।

उनले भने, ‘नीति र विचारका कुराहरु महत्वपूर्ण छ । जलेश्वर बैठकअगाडि हामीमाथि आलोचना हुने गर्दथ्यो । विचार नभएको, दर्शन नभएको र पिपलपाते पार्टी भन्ने गरिन्थ्यो । यता जनमत आयो भने यतातिर ढल्कने, होईन भने उतै ढल्कने भनिएको थियो । जलेश्वर बैठकको प्रस्ताव तयार गरिसकेपछि कसैले अब रास्वपाको कित्ता कता हो भनेर कुनै दुबिधा रहने छैन् । हामीभन्दा स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा छैन जस्तो लाग्छ ।’

यस्तै, उनले बैठकपछि नेतृत्व र संगठनको बारेमा कसैले चुनौती दिन नसक्ने आधार तयार भएको भन्दै त्यसको जगमा टेकेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘आर्थिक, सामाजिक मोडेलको विषय र त्योसँग राजनीतिक दर्शन पनि अन्तरनीहित भएर आएको छ । राजतन्त्र र गणतन्त्रको विषयमा, संवैधानिक समाजवादको विषयमा एउटा बहुलवादी लोकतन्त्रवादी संस्थाको विषयमा स्पष्टताका साथ हामी बोलेका छौ । संविधानभित्र नै रहेर बोलेका छौं र सुधार गर्ने भनेका छौं । त्यसमा टेकेर अगाडि बढ्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता