बंगलादेशमा किन चल्दैछ ‘इण्डिया आउट’ को अभियान ?

बंगलादेशमा किन चल्दैछ ‘इण्डिया आउट’ को अभियान ? : Icon Khabar

काठमाडौँ, चैत १४ । हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले अनुचित रूपमा बंगलादेशका जनतालाई निर्वाचन अधिकारबाट वञ्चित गरेको र वर्तमान सरकारलाई अनुचित रूपमा समर्थन गरिरहेको आरोप लगाउदै ‘इण्डिया आउट’ को क्यापेन शुरु गरिएको छ । यस अघि माल्दिभ्समा पनि यसैगरी ‘इण्डिया आउट’ को नारा दिएर माल्दिभ्सका राजनीतिज्ञ डा. मोहम्मद मुइज्जु सत्तामा आएका थिए ।

भारतको समर्थनमा वर्तमान सरकारले सत्ता कब्जा गरेको छ र निर्दलीय तटस्थ निगरानीमा कुनै पनि निर्वाचन गराएको छैन । गत निर्वाचनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलहरुले निर्वाचन बहिष्कार गरेपनि प्रधानमन्त्री शेख हसिनाको पार्टीले चुनाव जितेर सरकार बनाएको थियो ।

यसमा भारतको सहयोग र समर्थन रहेको आम बुझाइ रहेको छ । तसर्थ बंगलादेशबाट भारतलाई पूर्णरूपमा हटाउन नसकेसम्म बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकार फिर्ता नहुने उनीहरूको दाबी छ । लामो समयदेखि व्यक्तिगत स्तर र सामाजिक सञ्जालमा यो अभियान चलिरहेको भए पनि आज बंगलादेशको प्रमुख प्रतिपक्षी दल बिएनपीले औपचारिक रुपमा यो आन्दोलनमा सहभागी हुन थालेको छ ।

बिएनपीका वरिष्ठ सहमहासचिव अधिवक्ता रुहुल कबीर रिजवीले भारतीय उत्पादन बहिष्कारको औपचारिक शुभारम्भ आफ्नो भारतीय पाना जनतासामु फालेर औपचारिक रुपमा सुरु गरेका छन् । आज हालै नयाँपल्टनस्थित नेकपा केन्द्रीय कार्यालय अगाडि आफूसँग रहेको भारतीय उत्पादनको पाना फालेर यो अभियानमा सहभागी भएका थिए ।

रिजवीले भने, ‘इण्डिया आउट अभियान सामाजिक सञ्जाल सहित जताततै चर्चामा छ । भारतीय उत्पादन बहिष्कार गरेर जनताले विरोध गरिरहेका छन् । सामाजिक सञ्जालमा देखिने भारतीय उत्पादन बहिष्कारको लहरले देशको ठूलो जनसंख्या भारतीय उत्पादन बहिष्कारको पक्षमा दृढ अडान लिएको देखिन्छ ।’ बंगलादेश नेसनलिस्ट पार्टी–बीएनपी लगायत ६३ प्रजातन्त्र पक्षधर दलहरू जनताको पार्टीका रूपमा र कैयौ सामाजिक संजालका सेलिब्रेटीले यस अभियानलाई साथ दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने