बंगलादेशमा किन चल्दैछ ‘इण्डिया आउट’ को अभियान ?

बंगलादेशमा किन चल्दैछ ‘इण्डिया आउट’ को अभियान ? : Icon Khabar

काठमाडौँ, चैत १४ । हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले अनुचित रूपमा बंगलादेशका जनतालाई निर्वाचन अधिकारबाट वञ्चित गरेको र वर्तमान सरकारलाई अनुचित रूपमा समर्थन गरिरहेको आरोप लगाउदै ‘इण्डिया आउट’ को क्यापेन शुरु गरिएको छ । यस अघि माल्दिभ्समा पनि यसैगरी ‘इण्डिया आउट’ को नारा दिएर माल्दिभ्सका राजनीतिज्ञ डा. मोहम्मद मुइज्जु सत्तामा आएका थिए ।

भारतको समर्थनमा वर्तमान सरकारले सत्ता कब्जा गरेको छ र निर्दलीय तटस्थ निगरानीमा कुनै पनि निर्वाचन गराएको छैन । गत निर्वाचनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलहरुले निर्वाचन बहिष्कार गरेपनि प्रधानमन्त्री शेख हसिनाको पार्टीले चुनाव जितेर सरकार बनाएको थियो ।

यसमा भारतको सहयोग र समर्थन रहेको आम बुझाइ रहेको छ । तसर्थ बंगलादेशबाट भारतलाई पूर्णरूपमा हटाउन नसकेसम्म बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकार फिर्ता नहुने उनीहरूको दाबी छ । लामो समयदेखि व्यक्तिगत स्तर र सामाजिक सञ्जालमा यो अभियान चलिरहेको भए पनि आज बंगलादेशको प्रमुख प्रतिपक्षी दल बिएनपीले औपचारिक रुपमा यो आन्दोलनमा सहभागी हुन थालेको छ ।

बिएनपीका वरिष्ठ सहमहासचिव अधिवक्ता रुहुल कबीर रिजवीले भारतीय उत्पादन बहिष्कारको औपचारिक शुभारम्भ आफ्नो भारतीय पाना जनतासामु फालेर औपचारिक रुपमा सुरु गरेका छन् । आज हालै नयाँपल्टनस्थित नेकपा केन्द्रीय कार्यालय अगाडि आफूसँग रहेको भारतीय उत्पादनको पाना फालेर यो अभियानमा सहभागी भएका थिए ।

रिजवीले भने, ‘इण्डिया आउट अभियान सामाजिक सञ्जाल सहित जताततै चर्चामा छ । भारतीय उत्पादन बहिष्कार गरेर जनताले विरोध गरिरहेका छन् । सामाजिक सञ्जालमा देखिने भारतीय उत्पादन बहिष्कारको लहरले देशको ठूलो जनसंख्या भारतीय उत्पादन बहिष्कारको पक्षमा दृढ अडान लिएको देखिन्छ ।’ बंगलादेश नेसनलिस्ट पार्टी–बीएनपी लगायत ६३ प्रजातन्त्र पक्षधर दलहरू जनताको पार्टीका रूपमा र कैयौ सामाजिक संजालका सेलिब्रेटीले यस अभियानलाई साथ दिइरहेका छन् ।

Published Date: 27 March 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु