सुनकोशीमा बेपत्ता दुई बालकको शव भेटियो, एकको अवस्था अझै अज्ञात

सुनकोशीमा बेपत्ता दुई बालकको शव भेटियो, एकको अवस्था अझै अज्ञात : Icon Khabar

गाईघाट, चैत १४ । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिक मृत फेला परेका छन् । उनीहरु आइतबारदेखि हराइरहेका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव भेटिएको हो । यस्तै मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ का रिदम मगरको शप मृत फेला परेको थियो ।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका–२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका–२ टप्पुभ न्ने स्थानमा फेला परेको थियो । अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली खेलिसकेपछि सुनकोशीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।

Published Date: 27 March 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु