सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य घट्यो

सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, चैत १४ । बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ भने चाँदीकाे मूल्य घटेकाे छ। सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो भने चाँदीको १५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ।

मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार ५०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

Published Date: 27 March 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु