सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक बस्दै

सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिको बैठक बस्दै : Icon Khabar

काठमाडौँ, चैत १४ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) कैलालीको टीकापुरमा बस्दैछ । बैठकले सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय लिने जनाइएको छ । बैठकका लागि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी टीकापुर पुगिसकेकी छिन् । उनले बैठकका एजेण्डा बारेमा छलफल भइरहेको बताएकी छन् । उनका अनुसार अहिले नै एजेण्डा तयार भइसकेको छैन ।

अध्यक्ष श्रेष्ठ चौधरी सरकारलाई समर्थन गर्ने सम्बन्धमा केन्द्र र प्रदेशको एउटै धारणा हुनुपर्नेमा अडिग रहेको स्रोत बताउँछ । सो पार्टीले केन्द्रमा वर्तमान सरकारलाई समर्थन दिएको छ भने सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन यथावत राखेको छ । पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशमा पाँच जना मन्त्री समेत बनिसकेका छन् । तीमध्ये एक जना राज्यमन्त्री छन् ।

सुदूरपश्चिम प्रदेशमा पार्टीका तर्फबाट सात जना सदस्य छन् । उनीहरुमध्ये पाँच जना काँग्रेस नेतृत्वको पक्षमा छन् भने दुई जनाले फरक मत राखेका छन् । कांग्रेस नेतृत्वको पक्षमा हुनेलाई पार्टीका संरक्षक रहेका रेशमलाल चौधरीको साथ छ भने दुई जनालाई अध्यक्ष श्रेष्ठ चौधरीले साथ दिएकी छन् । संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठ चौधरी दम्पती हुन् ।

पछिल्लो पटक टीकापुरमा सम्पन्न पार्टीको महाअधिवेशनपछि दुवै जनाबीच चरम असमझदारी देखिएको छ । महाअधिवेशनले चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो । आम माफी पाएको भन्दै निर्वाचन आयोगले चौधरीलाई अध्यक्ष पदमा अयोग्य ठहर गर्दै श्रेष्ठ चौधरीलाई नै अध्यक्ष कायम गरिदिएको थियो । उनी पार्टीको संस्थापक अध्यक्ष हुन् ।

महाअधिवेशनपछि दुई जनाबीचको दूरी झन फराकिलो बनेको छ । संरक्षक रहेका चौधरी अहिले जापान भ्रमणमा छन् । उनी आज हुने बैठकलाई विफल बनाउन चाहन्छन् । उनको निर्देशनमा केही व्यक्तिहरू बैठक विफल बनाउन सक्रिय रहेको स्रोत बताउँछ । २१ सदस्यीय पार्टी पदाधिकारीमा अध्यक्ष श्रेष्ठ चौधरीको बहुमत छ ।

अधिकांशले केन्द्रमा एउटालाई र प्रदेशमा अर्कोलाई समर्थन गर्नु राजनीतिक रुपमा दोहोरो चरित्र हुने भन्दै त्यसो नगर्न दबाब दिईरहेका छन् । उनीहरुले दोहोरो चरित्रले पार्टी लुम्बिनी र मधेस प्रदेशमा समेत प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने सुझाव दिइरहेको स्रोतले बताएको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ । नाउपाका सातसहित प्रदेशमा कांग्रेसका १८, एमालेका १०, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू