वातावरणीय सुरक्षा र हावापानी परिवर्तनका असरबारे ख्वपमा प्रशिक्षण

वातावरणीय सुरक्षा र हावापानी परिवर्तनका असरबारे ख्वपमा प्रशिक्षण : Icon Khabar

भक्तपुर, चैत १४ । वातावरण मानव जीवनको अभिन्न अंग हो । हाल आधुनिकिरणको प्रभावले वातावरण प्रदुषण हुने क्रम तिब्र रुपमा बढदै गएको छ । यस्तो प्रभावलाई न्यूनीकरण गर्नको लागी हामी सबै सचेत हनु जरुरी छ । ती मध्ये पनि व्यवसायी र उद्यमीहरु विशेष रुपमा सजग भएमा मात्र वातावरण स्वच्छ रहन्छ त्यसैले हाल ख्वप कलेजमा भइरहको Entrepreneurship Support Program अन्तर्गतका कक्षामा चैत्रको ८ गते वातावरण विज्ञ हिसिला सुजखुले प्रशिक्षार्थीहरुलाई वाताबरण संरक्षण, वाताबरणीय प्रभाव तिनको मुल्याङकन्, दिगोपना विषयमा प्रशिक्षण दिईन् ।

उनले हाल नेपालमा २४ प्रतिशत क्षेत्रहरु संरक्षण क्षेत्रको रुपमा रहेको र ति क्षेत्रमा पनि विभिन्न किसिमले स्थानिय तथा चोरीशिकारीले अतिक्रमण गर्ने गरेको कुरा बारे पनि सुजखुले बताइन् । कुनै पनि व्यवसाय वा परियोजनाको सुरुवात गर्दा त्यसले पार्ने वातावरणीय, सामाजिक, आर्थिक, भौगोलिक प्रभावहरुको बारेमा पहिला नै अध्ययन हुनु जरुरी छ । यस्ता प्रभावहरुको अध्ययन र मुल्याङकन्ले मात्र परियोजना वा व्यवसायको दिगोपनमा सहयोग गर्ने गर्दछ भन्नेमा जोड दिईन्।

कतिपय व्यवसायीहरु यस्ता कुरालाई महत्व दिदैन यसले गर्दा सम्पुर्ण मानव जातिले त्यसको नकारात्मक प्रभावको भागी बन्नु पर्ने हुन्छ न्यसैले विकसित देशहरुमा वातावरणीय प्रभावहरुका बारेमा विशेष अध्ययन अनुसन्धान हुने गर्दछ । कम विकसित मुलुकहरुले यस्ता कुरालाई त्यति चासो नदिदा विश्वको हावापानीमा विभिन्न नकारात्मक असरहरु देखा पर्न थालेको कुरामा उनको जोड थियो।

हिमालमा हिउँ धेरै पग्लनु, बेमौसममा फलफुलहरु फल्नु, अतिवृष्टी तथा अनावृष्टी हुनु , खेतीपातीमा उत्पादन कम हुनु, वनजंगलको कुरा गर्दा त्यहाँ बसोबास गर्ने आदिवासि जनजातीका विषयमा पनि विशेष सोच्नु पर्ने अवस्था आएको बताइन्। नेपालका जंगल छेउछाउमा बसोबास गर्ने चेपाङ राउटे समुदायले आफनो परम्परागत जीवनशैलीलाई अपनाइ रहेका हुन्छ ति जनजातिका कुराहरु पनि हामीले ध्यान दिनु पर्दछ । उनीहरुका संरक्षणमा सरकार र सम्बन्धीत निकायले विशेष पहल गर्नुपर्ने उनको भनाई थियो।

जति पनि परियोजनाहरु संचालन गर्दा वातावरणमैत्री किसिमले योजनाहरु अगाढि बढाउनु जरुरी छ । हाल यस विषयमा सरकारी तवरबाट पनि केही पहलहरु हुदै आएको छ । वातावरणीय महत्व, यसको संरक्षण र वातावरणमैत्री परियोजना र व्यवसाय विषयमा हामी सबैले विशेष जानकारी राख्नुपर्ने कुरामा प्रशिक्षक सुजखुले विशेष जोड दिईन् । प्रशिक्षणको अन्त्यमा इएसपी कार्यक्रमका सदस्य रामेश्वरी बखुन्छेले कलेजको तर्फबाट प्रशिक्षक सुजखुलाई मायाको चिनो प्रदान गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2024
सुनिता गाइसी
+ posts