ख्वप कलेजमा गोर्खा इको प्यानलका सिईओ कवांले सुनाए आफ्नो उद्यमको कथा

ख्वप कलेजमा गोर्खा इको प्यानलका सिईओ कवांले सुनाए आफ्नो उद्यमको कथा : Icon Khabar

भक्तपुर, चैत ८ । भनिन्छ नि “कोही पढेर सिक्दछन् त कोही परेर सिक्दछन्हो” उखानमा भने जस्तै हामीले विभिन्न माध्यमबाट कुराहरु सिक्दछौ । अरुको अनुभव सुनेर, पढेर पनि धेरै मानिसहरुले आफनो जीवनमा सफलता हासिल गरेका छन् । त्यसैले परेर सिक्नेहरुले आफनो जीवनको महत्वपुर्ण समय दिनुपर्ने हुन्छ । त्यसैले पढेर सिक्नु र आफनो जीवनमा त्यसलाई लागु गर्नु बढि उपयुक्त हुन्छ ।

यसैक्रममा ख्वप कलेजमा विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा Entrepreneurship Support Program अन्तर्गत विभिन्न सेसनहरु संचालन भैरहेको छ । चैत्र ६ गते विभिन्न क्षेत्रमा संलग्न भई सफल उद्यमी बनेका गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सुरेश कवांले आफना अनुभवहरु सुनाए।

सामान्य किसान परिवारमा जन्मेर मेकानिकल इन्जिनियरिङ्ग अध्ययन गरेका कवांले वि सं २०७२ सालमा आफ्नो टीमसँग मिलेर गोर्खा इकोप्यानलको स्थापना गरेका थिए । २०७२ सालको विनासकारी भुकम्पले गोर्खामा धेरै धनजनको क्षति भएकोले त्यहि कुरालाई मध्यनजर गदै सो टीमले कम्पनीको नाम गोर्खा इको प्यानल नामाकरण गरेका थिए ।

आफ्नै देशमा केही गरौ भन्ने उद्देश्यले कवांले नेपालमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आईरहेका छन् । भविष्यमा उद्यमी बन्ने उद्देश्य राखेका विद्यार्थीहरुलाई अभिप्रेरित गर्दै व्यवसायमा विभिन्न बाधा व्यवधान आउन सक्ने तर त्यस चुनौतीलाई अवसरको रुपमा बदल्नु पर्ने बताए।

आफनो जीवनका आरोह अवरोहबारे पनि निकै रोचक तरिकाले प्रशिक्षार्थीलाई बतायेका थिए । वास्तवमा सफल उद्यमी बन्नु निकै कठिन यात्रा हो। यसको लागी धैर्यता र कडा मेहेनत गर्नु आवश्यक हुन्छ भनि उनले जोड दिए । उद्यमीले समय अनुसार आफनो व्यवसायलाई परिमार्जन गदै जानुपर्छ । मानिसको आवश्यकता अनुसारको बस्तु तथा सेवाको उत्पादन गर्ने व्यवसाय मात्र दिर्घकालिन रुपमा अगाढि बढन सक्दछ । बजारमा आफनो जस्तै बस्तुहरु अरुले पनि उत्पादन गरेको छ कि छैन त्यो बस्तु भन्दा आफुले उत्पादन गरेको बस्तु तथा दिने सेवामा के विशेष छ त भनि बजार विश्लेषण तथा अनुसन्धान गर्नुपर्दछ भन्ने कुरामा उनको जोड थियो।

उनले भने,”युवापुस्ताहरु १२ कक्षा सक्ने वितिकै विदेश जाने सपना देख्न थाल्छन मानौ कि विदेशमा पैसाको रुख हुने र सजिलै आरामसँग टिप्ने जस्तो ठान्दछन् तर वास्तविकता त्यस्तो हुँदैन। विरानो ठाउँमा विभिन्न समस्या हुने गर्दछ कतिपय त ति समस्यासगँ जुधन नसकेर आत्महत्याको बाटो रोज्न बाध्य हुन्छन् ।”

यसै क्रममा प्रशिक्षार्थीहरुले नयाँ व्यवसाय खोल्न आइपर्ने समस्याहरु बारे विभिन्न समस्याहरु बारे छलफल पनि गरेका थिए । प्रशिक्षणको अन्त्यमा Entrepreneurship Support Program कार्यक्रमका सचिव प्रकास नायभारीले प्रशिक्षकलाई कलेजको तर्फबाट मायाको चिनो पनि प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
सुनिता गाइसी
+ posts