नेपाल आज पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्दै

नेपाल आज पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्दै : Icon Khabar

काठमाडौँ, चैत ८ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा घरेलु टोली बहराइनको सामना गर्नेछ। खेल नेपाली समयअनुसार राती १२:४५ बजे सुरु हुनेछ।

दशरथ रंगशालाको‌ मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुँदैछ। नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो।

समूह ‘एच’ मा २ खेल खेलिसके पनि नेपाल अंकविहीन छ । समूहमा नेपाल, बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । नेपालले यस अघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।

बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो।

Published Date: 21 March 2024


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु